बेलायतमा विद्यार्थीले ‘डिपेन्डेण्ट’ ल्याउन नपाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    बेलायतमा विद्यार्थीले ‘डिपेन्डेण्ट’ ल्याउन नपाउने

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    बेलायत । आप्रवासीको संख्यालाई नियन्त्रण गर्न भन्दै बेलायतमा अध्ययनका लागि आउने विदेशी विद्यार्थीहरुले अब आफ्ना डिपेन्डेन्ट ल्याउन नपाउने भएका छन्।

    गृहमन्त्री सुयला ब्रेभरम्यानले बेलायती संसदमा पेश गरेको प्रस्तावमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई श्रीमती र छोराछोरी ल्याउन प्रतिबन्ध लगाउने उल्लेख छ । उनले अध्यागमन नियन्त्रण गर्ने सरकारको लक्ष्य हासिल गर्न नयाँ नीतिले मद्धत पुर्याउने दाबी गरेकी छन्।

    केही वर्षअघिसम्म अन्डरग्रयाजुएट ब्याचलर र डिप्लोमा कोर्समा बेलायत आउने विद्यार्थीलाई समेत दिइंदै आएको डिपेन्डेन्ट ल्याउन पाउने सुविधा पछिल्ला वर्षहरुमा भने मास्टर्स डिग्री र सोभन्दा उच्च तहका कोर्स अध्ययनका लागि आउनेहरुले मात्रै पाउँदै आएका थिए।
    नयाँ प्रस्तावमा विद्यार्थीका रूपमा आएकाहरूले अध्ययन पूरा नभई वर्क परमिट वा अन्य रूटमा जान नपाउने प्रावधान राखिएको छ।
    यो प्रस्ताव सन् २०२४ को जनवरीबाट कार्यान्वयनमा ल्याइने सरकारको योजना रहेको छ ।