रुग्ण आयाेजनालाई पूरा गर्न मन्त्री जुग्जालीकाे निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    रुग्ण आयाेजनालाई पूरा गर्न मन्त्री जुग्जालीकाे निर्देशन

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    पाेखरा । गण्डकी प्रदेशका भाैतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयाेजनालाई पूरा गर्न निर्मम भएर लाग्न निर्देशन दिएका छन् । प्रदेशभरका पूर्वाधार विकास कार्यालयका प्रमुखसँगकाे बिहीबार आयाेजित छलफलमा उनले प्रदेश स्तरबाट रुग्न आयोजनाहरुको वर्गीकरण गरेर अघि बढ्न निर्देशन दिएका हुन् ।

    आयाेजना हाेल्ड गरेर राख्दा प्रगति नदेखिने र आयाेजनाकाे चाङ देखिने भएकाले यसतर्फ ध्यान दिन मन्त्री जुग्जालीले आग्रह गरे । ‘कुन कुन आयाेजना राखिराख्दा उपयुक्त छैन भन्ने वर्गीकरण गर्नुस्,’ उनले भने ।

    कर्मचारीहरुले निशर्त हिसाबले आफूलाई सहयाेग गर्नुपर्ने भन्दै उनले कर्मचारीलाई आइपर्ने समस्या समाधानका लागि पनि आफूले काम गर्ने बताए । काममा गडबड गर्ने र मन्त्रालयलाई असफल बनाउने प्रयास भए सैह्य नहुने उनकाे चेतावनी थियाे ।

    ‘बहुदलीय व्यवस्थामा सबैकाे आस्था फरक फरक छ, तर त्यसैका आधारमा कर्मचारीप्रति व्यवहार हुँदैन, राम्राे काम गर्दा मेराे सधैं साथ रहनेछ,’ उनले भने ।