तनहुँका ८८७ घर शौचालयविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका ८८७ घर शौचालयविहिन

    खबरपुञ्ज संवाददाता

    ११ जेष्ठ २०८०, बिहीबार

    दमाैली । तनहुँ नेपालकै तेस्रो खुल्ला दिसामुक्त जिल्ला हो । तनहुँलाई एघार वर्ष पहिला खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । त्यतिबेला जिल्लाको घरधुरी सङ्ख्या ७० हजार थियो ।

    जनगणना २०७८ को तथ्याङ्क अनुसार तनहुँको घरधुरी सङ्ख्या ८८ हजार पाँच सय १३ पुगेको छ । त्यसमध्ये ८८७ घरधुरीमा शौचालय सुविधा पुग्न बाँकी छ ।

    दुई हजार ४१ घरधुरीमा सुविधासम्पन्न शौचालय (पब्लिक सेवेरज) रहेको तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । ६३ हजार चार सय ७७ घरधुरीमा सेफ्टी ट्याङ्क शौचालयको सुविधा पुगेको छ । २१ हजार आठ सय ४८ घरधुरीमा खाडलवाला शौचालय सुविधा पुगेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै दुई सय ६० सार्वजनिक शौचालय रहेको उल्लेख छ ।