क्यान्सर पीडित पाैडेलकाे उपचारार्थ भानुका प्रमुख र उपप्रमुखद्वारा सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    क्यान्सर पीडित पाैडेलकाे उपचारार्थ भानुका प्रमुख र उपप्रमुखद्वारा सहयाेग

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८०, शुक्रबार

    दमाैली । तनहुँको भानु नगरपालिका–६ सिमपानीकी क्यान्सर पीडित सुनिता पौडेल उपचारार्थ भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र उपप्रमुख उमा गाेतामले आर्थिक सहयोग गरेका छन् । उनीहरुले पौडेलको उपचारमा सहयोग पुर्याउन शुक्रबार आर्थिक सहयाेग गरेका हुन् ।

    नगर प्रमुख त्रिपाठीले ५ हजार ५ सय ५५ र उपप्रमुख गाेतामेले तीन हजार एक सय पाँच सहयाेग गरेका हुन् । उनीहरुले युवा अभियान्ता मनाेजकुमार श्रेष्ठमार्फत् पीडितलाई उक्त सहयाेग गरेका छन् ।

    १४ महिनादेखि आन्द्रा र पाठेघरको क्यान्सर पीडित बनेकी पौडेलको उपचारमा आर्थिक अभाव भएपछि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ।

    घरको आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भएको पौडेलले बताएकी छन् । उनले हालसम्म छ पटक किमो चढाएका छिन् । क्यान्सरको उपचारका लागि शल्यक्रिया गर्नुपर्ने र धेरै रकम लाग्ने हुँदा उपचार गर्न नसकेको उनले गुनासो गरिन् ।