दमौली । जेसीआई व्यास नगरको आयोजनामा शनिबारदेखि जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन फूटसल प्रतियोगिता आयोजना गरियो ।
फूटसलमा जेसीआई लमजुङ विजेता भएको छ । त्यस्तै जेसीआई शुक्लागण्डकी उपविजेता बनेको छ । विजेता टिमले नगद रु १५ हजार २३ र उपविजेताले रु १० हजार २३ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको जेसीआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले बताए ।
फूटसलमा जेसीआई व्यासनगर, जेसीआई पोखरा, जेसीआई भानु बन्दिपुर, जेसीआई गोरखा, जेसीआई लम्जुङ, जेसीआई बाग्लुङ, जेसीआई लेखनाथ शाखाहरुको सहभागिता रहेको थियो ।
जेसीजका अध्यक्ष राजु रानाको अध्यक्षतामा आयोजित जेसीज सप्ताहको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले शुभारम्भ गरेकी थिइन् ।