दमाैली । गणतन्त्र दिवस तनहुँमा तीन दिन विविध कार्यक्रम गरी मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको विशेष उपस्थितिमा आइतबार बसेको बैठकले तीन दिन दिवस मनाउने निर्णय गरेको हो ।
दिवसको अवसरमा जेठ १४ देखि १६ सम्म सरकारी तथा गैरसरकारी संस्थामा दीपावली गर्ने र उक्त दिन दिपावली गर्न समस्त जिल्लावासीलाई आव्हान गरिएको छ ।