दमौली । गणतन्त्र दिवसको अवसरमा दमौलीमा सोमबार सरसफाई तथा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना तथा व्यास नगरपालिका, स्वास्थ्य कार्यालयको संयोजनमा सरसफाई तथा स्वास्थ्य शिविर गरिएको हो ।
सरसफाईमा जनप्रतिनिधि, कर्मचारी, सेना, प्रहरीको सहभागिता रहेको थियो।
यस्तै स्वास्थ्य शिविरमा दुई सय लाभान्वित भएका छन् । स्वास्थ्य कार्यालयको संयोजनमा भएको शिविरमा दुई सय सर्वसाधारणले सेवा लिएका हुन् ।
शिविरमा मधुमेह परीक्षण र उच्च रक्तचापको परीक्षण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
तनहुँमा तीन दिन विविध कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसको अवसरमा १४, १५ र १६ गते सबै सरकारी तथा गैरसरकारी संस्थामा दिपावली, विद्यालयस्तरीय निबन्ध प्रतियोगिता, आदिकवि भानुभक्त क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।