दमाैली । व्यवसायी मनोज अधिकारीले जन्मदिनको अवसरमा व्यास नगरपालिका–५ पाटनस्थित पराशर आश्रमका बटुकलाई पोशाक सहयोग गरेका छन् । व्यास नगरपालिका–२ निवासी अधिकारीले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत सोमबार दश जना बटुकलाई पोशाक सहयोग गरेका हुन् ।
म्याग्दे गाउँपालिका–४ स्थित सुप्रिम बचत तथा ऋण सहकारीका अध्यक्ष समेत रहेका अधिकारीले आफ्नो व्यवसायको आम्दानीबाट केही खर्च कटाएर सहयोग गर्न पाउँदा खुसी लागेको बताए । “जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक काम गर्न रुचाउने भएकाले बटुकलाई पोशाक सहयोग गरेको हूँ,” उनले भने ।