सरकारले आगामी वर्ष नयाँ भवन नबनाउने : व्यासले बनाउने बहुउद्धेश्यीय भवन के हाेला ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकारले आगामी वर्ष नयाँ भवन नबनाउने : व्यासले बनाउने बहुउद्धेश्यीय भवन के हाेला ?

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८०, सोमबार

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन नबनाउने घोषणा गरेकाे छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसदमा साेमबार आगामी आर्थिक वर्ष २०८०/८१ काे बजेट प्रस्तुत गर्दै आगामी वर्ष नयाँ भवन नबनाउने घाेषणा गरेका हुन् ।

    सरकारकाे घाेषणासँगै व्यास नगरपालिकाले बनाउने भनेकाे बहुउद्धेश्यीय भवनकाे काम अगाडी नबढ्ने देखिएकाे छ । नगरपालिकाले सफासडकमा रहेकाे भवन भत्काएर बहुउद्धेश्यीय भवन बनाउने तयारी गरेकाे छ ।

    त्यसका लागि नगरपालिकाले ऋण सम्झाैता गरेकाे थियाे । नगरपालिकाले ऋण लिएर उक्त भवन निर्माणकाे प्रकृया अगाडी बढाएपछि नगरवासीले विराेध गरेका थिए ।