धुलोले आजित भएपछि स्थानीयवासीद्वारा दमाैलीमा सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धुलोले आजित भएपछि स्थानीयवासीद्वारा दमाैलीमा सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८०, बिहीबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयवासीले केही बेर सडक अवरुद्ध गरेका छन् । धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको भन्दै स्थानीयवासीले बिहीबार मेनराेडमा केही बेर अवरुद्ध गरेका हुन् ।

    धुलोका कारण स्वास्थ्यमा समस्या बढ्दै गएको र सम्बन्धित निकायले पानी हालेर धुलो नियन्त्रण नगरेका कारण बाध्य भएर केही बेर सडक अवरुद्ध गर्नुपरेको स्थानीय राजकुमार श्रेष्ठले बताए ।