गण्डकी प्रदेशका पूर्वमन्त्री सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकी प्रदेशका पूर्वमन्त्री सम्मानित

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८०, बिहीबार

    दमाैली । गण्डकी प्रदेशका पूर्वमन्त्री डाेवाटे विश्वकर्मालाई सशस्त्र प्रहरी बलले सम्मान गरेकाे छ । प्रदेशकाे आन्तरिक मामिलामन्त्री हुँदा गाेताखाेर तालिमका लागि रु ३० लाख र विपद् जाेखिम न्यूनिकरण उद्धार सामग्री खरिदका लागि रु तीन कराेड विनियाेजन गरिदिएपछि सशस्त्रले विकलाई सम्मान गरेकाे हाे ।

    कुरिनटारमा बिहीबार आयाेजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विकलाई दाेसल्ला र प्रशंसापत्रले सम्मान गरे ।

    साे कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतकाे सहभागिता थियाे ।