प्रेस चौतारी क्रियाशील पुरस्कारबाट खड्का पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस चौतारी क्रियाशील पुरस्कारबाट खड्का पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८०, शुक्रबार

    दमाैली । प्रेस चौतारी नेपाल तनहुँ शाखाद्वारा स्थापित ‘प्रेस चौतारी क्रियाशील पुरस्कार’ पत्रकार नारायण खड्कालाई प्रदान गरिएको छ ।

    शाखाको शुक्रबार यहॉ आयोजित १३ औ साधारणसभाको अवसरमा शाखाका पूर्व अध्यक्ष खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    उक्त पुरस्कार प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरा लामा लगायतले प्रदान गरे। उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ । पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

    प्रेस चौतारी नेपालका उपाध्यक्ष पाण्डेद्वारा निर्मित वृत्तचित्र प्रदर्शन गरेर सङ्कलन गरेको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । उक्त अक्षयकोषबाट वार्षिक रुपमा पत्रकारलाई पुरस्कृत गर्दै आइएको छ । यसअघि उक्त पुरस्कारबाट पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, बसन्ती बास्तोलालाई प्रदान गरिसकिएको छ ।

    कार्यक्रममा प्रेस चौतारीका उपाध्यक्ष पाण्डेले प्रेस चौतारी अन्य पत्रकार सङ्गठनभन्दा सशक्त रुपमा प्रस्तुत हुँदै आएको बताए।

    कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई, पूर्व केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घ तनहुँका संस्थापक अध्यक्ष विश्ववन्धु भण्डारी, प्रेस चौतारी गण्डकीका महासचिव आश गुरुङ लगायतले पत्रकारिता क्षेत्रका चुनौति बारे चर्चा गरे।