अन्तरविद्यालय जिल्लास्तरीय टेवलटेनिस प्रतियोगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तरविद्यालय जिल्लास्तरीय टेवलटेनिस प्रतियोगिता सुरु

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०८०, शुक्रबार

    दमाैली । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शुक्रबारदेखि दमौलीमा अन्तरविद्यालय जिल्लास्तरीय टेवलटेनिस प्रतियोगिता सुरु भएको छ । विद्यालयस्तरदेखि नै खेलकुदतर्फ विद्यार्थीलाई आकर्षित गर्ने उद्धेश्यसहित टेवलटेनिस प्रतियोगिता आयोजना गरिएको हो ।

    छात्रतर्फ एकल प्रतियोगितामा जिल्लाका विभिन्न १४ विद्यालयका ६२ जनाको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए।

    शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार नगदका साथै मेडल र ट्रफी प्रदान गरिनेछ ।

    दमौली सदरमुकाममा व्यवस्थित कभर्डहल नहुँदा समितिले तनहुँ उद्योग वाणिज्य सङ्घको सभाहल भाडामा लिएर प्रतियोगिता आयोजना गरेको हो । कभर्डहलको अभावमा खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या हुँदै आएको पाण्डेको भनाइ छ ।

    प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएको उल्लेख गरे ।

    उक्त कार्यक्रममा टेवलटेनिस सङ्घका अध्यक्ष कविराज श्रेष्ठले जिल्लामा टेवलटेनिसतर्फ आकर्षण बढ्न थालेकाे बताए ।