पोखरा । अन्नपूर्ण आरोहण दिवसको अवसरमा कास्कीको घान्द्रुकमा भएको गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि तनहुँको ठकुरी समाज बाबियोडाँडाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा घान्द्रुक क्ल्यूलाई ३–२ को सेटमा पराजित गर्दै ठकुरी समाजले उपाधि चुमेको हो । उपाधिसँगै ठकुरी समाजले नगद ८० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता घान्द्रुक क्ल्यूले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा १३ समूहको सहभागी थिए । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनसँगै महोत्सव सञ्चालन गरेको थियो ।