भिमाद-डेढगाउँ सडकमा सुरुङमार्ग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमाद-डेढगाउँ सडकमा सुरुङमार्ग

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८०, सोमबार

    दमाैली । प्रदेशको गौरवको सडक आयोजनाको रुपमा रहेको तनहुँको भिमाददेखि नवलपुर डेढगाउँमा सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएकाे छ । गण्डकी प्रदेश सरकारले आइतबार प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा उक्त मार्गमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरिएको छ ।

    मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको सडकलाई प्रदेश सरकारले गाैरवकाे आयाेजनाकाे रुपमा सूचीकृत गरेकाे छ ।

    सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ ।

    यीमध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । वर्षौंदेखि चर्चामा रहेको उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार स्थानमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो ।