पाेखरा । गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले नागरिकले महसुस गर्नेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । नीति तथा कार्यक्रममाथि बुधबार आयाेजित छलफलमा भाग लिँदै उनले नागरिकलाई दुःखसुखको साथी प्रदेश सरकार हो भन्ने अनुभूति दिलाउनुपर्ने बताए ।
‘समन्नुत गण्डकी प्रदेश, सम्मानित प्रदेशवासी’ आदर्श वाक्यको व्यावहारिक कार्यान्वयन हुने गरी बजेटमा सम्बोधन हुनुपर्ने उनले उल्लेख गरे ।