पाठेघरको क्यान्सर पीडित सम्झनालाई आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाठेघरको क्यान्सर पीडित सम्झनालाई आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    २६ जेष्ठ २०८०, शनिबार

    दमौली । पाठेघरको क्यान्सर पीडित सम्झनालाई उपचारका लागि विभिन्न संघ संस्थावाट सहयोग जुटाउन सुरु भएको छ । म्याग्दे गाउँपालिका वडा नं ५, हाल व्यास ५, पतेनीटारमा बस्ने ३८ वर्षीया सम्झनालाई पाठेघरको क्यान्सर देखिएपछि उपचारका लागी सहयोग जुटाउन थालिएको हो ।

    पाठेघरको क्यान्सर देखिएपछि विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको सम्झनाको आर्थिक अवस्था निकै कमजोर भएको र उपचारमा धेरै खर्च लाग्ने भएको हुँदा सवैलाई परिवारको जीवनरक्षाका लागि सहयोग गरिदिनुहुन श्रीमान चन्द्र कुमार श्रेष्ठले अनुरोध गरेका छन् ।

    सम्झनाका उपचारका लागि विभिन्न संघसंस्थावाट सहयोग जुट्न शुरु भएको । जसमा मलेसियाम् रहने महेन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ र तुल वहादुर गरंन्जाको नेतृत्वमा ४० हजार आर्थिक सहयोग जुटेको छ भने श्री दभुङ्ग चण्डीदेवी गुठी संस्थावाट ३३ हजार ९० रुपैया, मानुङ्ग गुठीवाट २० हजार ६ सय पचपन्न, पतेनीटार नेवा समाजवाट ६ हजार ५ सय र पतेनीटार टोल विकास संस्थावाट ४१ हजार पन्ध्र रुपैया आर्थिक सहयोग पीडित सम्झनालाई हस्तान्तरण गरिएको छ ।

    यसैगरि सम्झनाको उपचारका लागी मिलनगुठीवाट ३२ हजार, पाङलादी आमा समुह व्यास ५ वाट ५ हजार र उदय माध्यामिक विद्यालयवाट १० हजार ७ सय पन्ध्र रुपैया आर्थिक सहयोग यसअघि नै जुटिसकेको छ ।