दमाैली । गर्मी बढेपछि तनहुँकाे बन्दीपुर गाउँपालिकाले सोमबारदेखि सबै विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे । गाउँपालिकाले आइतबार सूचना जारी गरी असार १ गते शुक्रबारसम्म बिदा दिने निर्णय गरेको हाे ।
गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परी विद्यालयको पठनपाठन प्रभावित भएकाले बिदा दिने निर्णय भएकाे शिक्षा शाखा प्रमुख विष्णु केसीले जानकारी दिए।