आँबुखैरेनी गाउँपालिकाका कर्मचारीको पारिश्रमिकले थाइराइड मेसिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकाका कर्मचारीको पारिश्रमिकले थाइराइड मेसिन

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८०, बुधबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाका कर्मचारीको पारिश्रमिकबाट आँबुखैरेनी अस्पतालमा थाइराइड मेसिन खरिद गरिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले गाउँपालिका अन्तर्गतका सबै कर्मचारीको पारिश्रमिकबाट अस्पतालमा रु दश लाख बराबरको थाइराइड मेसिन खरिद गर्ने निर्णय गरेको हो ।

    गाउँपालिकाको कार्यालय, वडा कार्यालय, अस्पताल, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको पारिश्रमिकबाट कट्टा हुने गरी थाइराइड मेसिन खरिद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए। उनका अनुसार कर्मचारीको न्यूनतम दश प्रतिशत तलब कट्टा गरिनेछ ।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले कर्मचारीकाे याे निर्णयप्रति आभार व्यक्त गरे । अस्पतालकाे स्वास्थ्य सेवा विस्तारका लागि यसले सहयाेग पुग्ने भन्दै उनले भने, ‘सम्पुर्ण कर्मचारी साथीहरुप्रति पालिका परिवार सम्मान सहित आभार प्रकट गर्दछ । आफ्नो अनि आफ्नाकै भर पर्ने हो ।”