मुख्यसचिवमा डा अर्याल नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुख्यसचिवमा डा अर्याल नियुक्त

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८०, बिहीबार

    काठमाडौ । सरकारले मुख्यसचिवमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिए ।

    डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए । बैठकले निवर्तमान मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ । –––