बन्दीपुरमा बाँदर धपाउन कृषकलाई बन्दुक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा बाँदर धपाउन कृषकलाई बन्दुक

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०८०, बिहीबार

    दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकाले बाँदर धपाउन कृषकलाई बन्दुक वितरण गरेको छ । बाँदरले खेतबारीमै पुगेर अन्नबाली नष्ट गर्न थालेपछि गाउँपालिकाले कृषकलाई बन्दुक वितरण गरेको हो ।

    छ वटै वडाका कृषकलाई पहिलो चरणमा ३० वटा बाँदर धपाउने उपकरण वितरण गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। बन्दीपुरमा बाँदर आतङ्क बढेपछि कृषकले बाँदर नियन्त्रणका लागि माग गर्दै आएका थिए । गाउँपालिकाले उक्त उपकरण खरिदका लागि रु एक लाख बजेट छुट्याएको थियो ।

    गाउँपालिकाले बाँदर अत्याधिक लाग्ने क्षेत्रका किसानहरुलाई मध्यनजर गर्दै बाँदरले क्षति नगर्ने खालका बोटविरुवा लगाउन आग्रह गरेको छ ।

    “बाँदरले खेतीबाली नष्ट गरिदिएर कृषकलाई दुःख दिने गरेको छ, यहाँका कृषक बाँदर आतङ्कबाट आजित छन्,” प्रवक्ता श्रेष्ठले भने, “बाँदर भगाएर खेतीबाली जोगाउन यो उपकरणले सहयोग पुग्ने विश्वास लिइएको छ ।”

    उक्त उपकरणमा केरा तथा विभिन्न फलफूल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बोहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने बताइएको छ ।