प्रशासनकाे प्रष्टीकरण : नागरिकता प्रमाणपत्र वितरणमा सतर्कता अपनाउन आवश्यक पर्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रशासनकाे प्रष्टीकरण : नागरिकता प्रमाणपत्र वितरणमा सतर्कता अपनाउन आवश्यक पर्छ

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८०, शुक्रबार

    दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँबाट एक सेवाग्राहीले सेवा नपाएर कागजात च्यातेकाे विषयमा कार्यालयले प्रष्टीकरण दिएकाे छ । व्यास नगरपालिका-६ निवासी रेशम परियारले श्रीमतीकाे नागरिकता बनाउन दिनभर लाइनमा बसेर पनि अन्तिममा आएर कागजात नपुगेकाे भन्दै कर्मचारीले कागजात फालिदिएकाे गुनासाे गरेका थिए ।

    त्यसपश्चात परियारले आक्राेशित हुँदै नागरिकताकाे अनुसूची लगायतका कागजपत्र च्यातेका थिए । आफूले ल्याउनुपर्ने सबै कागजपत्र ल्याएर गर्मीका समयमा दिनभर लाइनमा बसेर पनि अन्तिममा आएर नागरिकता बन्दैन भनेर फर्काइएकाे गुनासाे गरेका थिए ।

    यस सम्बन्धमा प्रशासन कार्यालय तनहुँले शुक्रबार प्रष्टीकरण दिएकाे छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले विज्ञप्ती जारी गरी सत्यतथ्य नबुझी सामाजिक सञ्जालमा ट्राेल बन्नु सभ्य समाजका लागि सुहाउँदाे विषय नभएकाे बताएका छन् ।

    नेपाली नागरिकताकाे प्रमाणपत्र वितरण गर्दा आवश्यक पर्ने कागजातहरुप्रति जारी गर्ने अधिकारी विश्वस्त भएमा सामान्यता आधा घण्टाभित्रमा नागरिकता प्रमाणपत्र जारी हुने व्यवस्था मिलाइएकाे भन्दै विज्ञप्तीमा कागजात अपर्याप्त भइ जारी गर्ने अधिकारी आश्वस्त हुन नसकेमा थप स्पष्ट हुनका लागि वडा मुचुल्का वा प्रहरी सर्जमिनमार्फत पुष्ट्याई हुने कागजात संलग्न गरी नागरिकता जारी गर्ने अभ्यास रही आएकाे भनिएकाे छ ।

    May be an image of the Western Wall and text