तउवासंघको अपिल : धितो लिलामी सकार्ने प्रकृयामा सहभागी नहुनुहोस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तउवासंघको अपिल : धितो लिलामी सकार्ने प्रकृयामा सहभागी नहुनुहोस्

    खबरपुञ्ज संवाददाता

    ३२ जेष्ठ २०८०, शुक्रबार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघले बैंकहरुले गर्ने उद्योगी, व्यवसायी र सर्वसाधारणको धितोबन्धकी लिलामी सकार्ने वा सो प्रकृयामा सहभागी नहुन अपिल गरेको छ ।

    संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गरी व्यवसायिक एकता र साझा हितमा आफुलाई अडिक रुपमा उभ्याइदिनुभई सहयोग गर्न अपिल गरेका हुन् ।

    निजी क्षेत्रले यस अघि कहिल्यै भोग्न नपरेको यस किसिमको आर्थिक संकटको यस्तो सम्वेदनशिल क्षणमा राज्यको जिम्मेवार निकायको रूपमा रहेको नेपाल राष्ट्र बैंकले नीजि क्षेत्रलाई संरक्षण हुने गरि अभिभावकिय भूमिका र एक अर्काको परिपुरकका रूपमा बैङ्क तथा वित्तिय संस्थाहरुले निजी क्षेत्रलाई टिकाउनको निमित्त असल सहयोगी सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने चाहना रहेको श्रेष्ठले उल्लेख गरेका छन् ।