दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको निरन्तरको खबरदारीले ट्रमा अस्पताल निर्माण हुने सुनिश्चित भएको छ। गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेटमा ट्रमा अस्पताल निर्माणलाई समावेश गरेको छ।
ऑबुखैरेनी-१ सत्रसयमा ट्रमा अस्पताल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको हो।
राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेको उपचारका लागि ट्रमा अस्पताल निर्माण गर्न लागिएको ऑबुखैरेनीका अध्यक्ष चुमानले बताए । ट्रमा अस्पताल निर्माणका लागि बजेट विनियोजनका लागि चुमानले संघ र प्रदेश सरकारको निरन्तर खबरदारी गरेका थिए ।
‘७२ किमि तनहुँ खण्डमा दैनिकजसो दुर्घटना भइरहने भएकाले यहॉ ट्रमा अस्पतालको अति आवश्यकता थियो । अब यसले सार्थकता पाउने भएको छ,’ चुमानले भने ।
अध्यक्ष चुमानले स्वास्थ्य, शिक्षा, कृषि, राेजगारीका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छन् ।