सुस्मिता बनिन् रोटर्याक्ट गोरखाको अध्यक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सुस्मिता बनिन् रोटर्याक्ट गोरखाको अध्यक्ष

    खबरपुञ्ज संवाददाता

    १ असार २०८०, शनिबार

    दमौली । रोटर्याक्ट क्लब अफ गोरखाको वर्ष २०२३/२४ को अध्यक्षमा सुस्मिता लौडारी चयन भएकी छिन् ।

    शनिबार आयोजित भेलाले लौडारीलाई वर्ष २०२३/२४ को अध्यक्षमा चयन गरेको हो । लौडारीको कार्यकाल जुलाई १ बाट सुरु हुनेछ।

    लौडारी यसअघि क्लवको उपाध्यक्ष, सचिव, क्लव सर्भिस चियरको रुपमा काम गरिसकेकी छन् ।

    क्लबको उपाध्यक्षमा संजोग तिमिल्सिना, सचिवमा इन्सान अंगाई, कोषाध्यक्षमा प्रियंका श्रेष्ठ भएका छन् ।

    त्यस्तै क्लब सर्भिस चियरमा सुनिता श्रेष्ठ, कम्युनिटी सर्भिस चियरमा बबिता श्रेष्ठ, प्रोफेसनल डेबलभमेन्ट चियरमा सरोज मास्के, ईन्टरनेशनल चियरमा रवि श्रेष्ठ, टिआरएफ चियरमा सौनक घिमिरे, पव्लिक चियरमा सुदिप श्रेष्ठ, मेम्बरसीप चियरमा, सन्दिप वावु खत्री, इन्टर्याक्ट कोर्डिनेशनमा यानु गुरुङ र सर्जेन्ट एट आर्ममा तृप्ती थापा मगर चयन भएका छन् ।