आँबुखैरेनीकाे टाेल-टाेलमा पुगेर स्वास्थ्य परीक्षण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीकाे टाेल-टाेलमा पुगेर स्वास्थ्य परीक्षण सुरु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले टाेल टाेलमा पुगेर स्वास्थ्य परीक्षण सेवा सुरु गरेकाे छ । पहिलाे दिन आँबुखैरेनी-१ स्थित समस्तीपुर गाउँ, गिरानचाैर, भंगेरी, डुम्रीडाँडा, ढाप लगायतका एक सय तीनले सेवा लिएका छन् ।

    डा. गुणराज लाेहनीकाे नेतृत्वमा आँबुखैरेनी अस्पतालका डा. अभिनाष शिविरमा खटिएका थिए ।

    May be an image of 2 people, people studying and hospital

    स्वास्थ्य सेवा तालिका बनाइ हरेक महिना हरेक टोलमा पुगी डाक्टर सहित गर्भवतीको भिडियो एक्सरे, प्रेसर ,सुगर जाच सेवा लगायतको स्वास्थ परीक्षण गरी रोग पत्ता लगाइ सम्बन्धित विशेषज्ञसँग जनताको उपचार गराउने उद्धेश्य राखिएकाे अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    चुमानले आँबुखैरेनी अस्पतालमा स्वास्थ्य बीमा सुरु भएसँगै हरेक परिवारलाई बीमामा आबद्ध भइ सेवा लिन आग्रह गरेका छन् ।

    May be an image of 12 people and tree