भानुमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    भानुमा सर्वाधिक राशीको फुटबल प्रतियोगिता हुँदै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको भानु नगरपालिका-१ भन्सारमा सर्वाधिक राशी पुरस्काको फुटबल प्रतियोगिता हुने भएको छ । भानु जयन्तीको अवसरमा भन्सार युवा परिवार, भिमसेन युवा क्लब र साल्बिस्ने युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

    असार २९ देखि साउन ६ सम्म आयोजना हुने १६ औ राष्ट्रिय ९ए साइड खुल्ला नकआउट प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख २५ हजार दुई सय १० प्रदान गरिने भन्सार युवा परिवारका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै द्वितीय हुनेलाई रु एक लाख १२ हजार दुई सय १० पुरस्कार प्रदान गरिनेछ । तृतीय स्थानमा समावेश हुने टिमलाई २० हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही पॉच हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिनेछ ।
    असार १५ देखि २७ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

    सोही अवसरमा आयोजना हुने छेलो प्रतियोगितामा प्रथम हुनेलाई पॉच हजार दुई सय १०, बाघचालतर्फ प्रथम हुनेलाई पॉच हजार दुई सय १० प्रदान गरिनेछ।