सरकार र अदालत भारतको गुलाम, म अदालतलाई मान्नेवाला छैन: बालेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकार र अदालत भारतको गुलाम, म अदालतलाई मान्नेवाला छैन: बालेन

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८०, बिहीबार

    काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकार र अदालत भारतको गुलाम भएको बताएका छन्। 

    उच्च अदालत पाटनले काठमाडौंमा हिन्दी सिनेमा चल्न नदिने निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालतलाई र कानुन नमान्ने बताएका हुन्। 

    उनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने टिप्पणी गरेका हुन्। अदालतको आदेश आएको केहीबेरमा उनले सामाजिक सञ्जालमार्फत उक्त टिप्पणी गरेका हुन्। 

    ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ उनले भने, ‘यो कुरालाई नेपाल सरकारले  स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि  जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’