काठमाडाै । सरकारले असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । इस्लाम धर्मावलम्बीकाे पर्व बकर इदकाे अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएकाे हाे ।
नेपाल राजपत्रमा मिति २०७९/१२/२ गतेका दिन प्रकाशित सूचना अनुसार उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएकाे गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।