लोप्राङ गाउँमा पानीको समस्या समाधानका लागि पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    लोप्राङ गाउँमा पानीको समस्या समाधानका लागि पहल

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८०, मंगलवार

    दमौली । ऑबुखैरेनी गाउँपालिका-४ लोप्राङ गाउँमा खानेपानी समस्या समाधानका लागि अध्यक्ष शुक्र चुमानले पहल थालेका छन् । पहिराले खानेपानी मुहानमा क्षति पुर्याएपछि अध्यक्ष चुमानले मंगलबार स्थलगत अनुगमन गरेका छन् ।

    त्यसक्रममा चुमानले तत्कालै गाउँमा खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

    खानेपानी अभाव भएपछि स्थानीयवासीले बलेनीको पानी संकलन गरी प्रयोग गर्दै आएका छन् ।

    लोप्राङ्ग गाउँमा खानेपानीको हाहाकार, स्थानीय बलेनीबाट झरेको पानी प्रयोग गर्न बाध्य छन् । करिब ३० घरधुरी रहेको उक्त गाउँमा तत्काल तथा दीर्घकालिन रुपमा खानेपानीको समस्या समाधान गर्न वडाध्यक्ष मिलन भुजेल र चुमानबीच छलफल भएको थियो ।