बालेन शाह भन्छन् – म आजबाट अपराधी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेन शाह भन्छन् – म आजबाट अपराधी

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफू आजबाट अपराधी भएको बताएका छन् ।

    सामाजिक सञ्जालमा सर्वोच्च अदालतबाट जारी भएको तारेख पर्चाको तस्वीर राख्दै मेयर शाहले आफू आजबाट तारेखमा रहेको उल्लेख गरेका छन् ।

    May be an image of text

    ‘आज एउटा विशेष दिन’ भन्दै उनले अगाडि लेखेका छन् – ‘आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा । र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’