आज चार प्रदेशमा वर्षाको सम्भावना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज चार प्रदेशमा वर्षाको सम्भावना

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । सोमबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।   

    दिउँसो कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।  

    राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको हुने आकलन गरिएको छ । राति कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

    अहिले बिहान कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटोलीले जानकारी दिइन् । उनका अनुसार आजदेखि बुधबारसम्म देशभर वर्षाको सम्भावना छ ।  

    वर्षाका कारण  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।  

    हावाहुरी भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ ।