रिलायबल नेपाल लाइफको आइपिओ भोलिदेखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    रिलायबल नेपाल लाइफको आइपिओ भोलिदेखि

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा निष्काशन गर्न लागेको आईपीओमा भोलि (असार २७ गते)  देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पहिलो चरणको आईपीओ निष्काशन गर्न लागेको हो ।

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजिको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणमा निष्काशन तथा बिक्री खुल्ला गरिने भएको छ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।