कृषि र पशुको प्रगति सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कृषि र पशुको प्रगति सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८०, बिहीबार

    दमौली । कृषि ज्ञान केन्द्र तनहुँ र भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र तनहुँले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रगति सार्वजनिक गरेको छ ।

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा दुवै कार्यालयले सम्पादन गरेका कामको विवरण सार्वजनिक गरेको हो ।

    कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले कृषिमा वर्षेनी बजेट घट्दो क्रममा रहेको बताए । उनले कृषकका माग अनुसार विभिन्न कार्यक्रममा सहयोग गरिएको उल्लेख गरे । जिल्लामा मौरी घार र ट्याक्टरको माग अत्याधिक रहेकाले बजेटको सीमामा रहेर सामग्री वितरण गरिएको जानकारी गराए ।

    कार्यालयले विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम, जलवायुमैत्री कृषि गाउँ, धान प्रबर्धन, आलु प्रबर्धन लगायतका कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा. बालकुमार श्रेष्ठले पशु प्रजनन् तथा नश्ल सुधार, पूर्ण खोप, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बीमा कार्यक्रम सञ्चालन गरिएको बताए ।