कांग्रेस तनहुँ-१ : वृक्षारोपण, वडा सम्मेलन र पालिका सम्मेलन गर्ने निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस तनहुँ-१ : वृक्षारोपण, वडा सम्मेलन र पालिका सम्मेलन गर्ने निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली ।नेपाली कांग्रेस तनहुँ क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ ले बिपी स्मृति दिवसकाे अवसरमा वृक्षारोपण गर्ने भएको छ । मंगलबार बसेको बैठकले आगामी साउन ६ गते भानु नगरपालिका-४ मा रहेको भानु स्मृति पार्कमा वृक्षारोपण कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    बैठकले पार्टीको गतिविधि एवं संगठन विस्तारका निम्ति ४२ वटै वडामा वडा सम्मेलन गर्ने भएको छ । वडा सम्मेलन पश्चात् आगामी साउन १५ गतेभित्र पालिका सम्मेलन हुने भएको छ ।

    वडा र पालिका सम्मेलन सकिए लगत्तै साउन अन्तिम सम्ममा क्षेत्रीय सम्मेलन गर्ने निर्णय भएको क्षेत्रीय सचिव शैलेश खातीले जानकारी दिए ।

    क्षेत्रीय सभापती श्यामकुमार मौरतीको अध्यक्षतामा पार्टी कार्यालय बिपि स्मृति भवन बसेको बैठकमा निवर्तमान सभापति बैकुण्ठ न्यौपाने, पुर्ब पार्टी सभापति रघुनाथ पौडेल लगायत सहभागी थिए ।