दमौली। नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसमा नेकपा एमालेले आइतबार वृक्षारोपण गरेको छ । नेपालको प्रजातान्त्रिक कम्युनिष्ट आन्दोलनका संस्थापक धरोहर पुष्पलालको स्मृति दिवसमा एमालेले व्यास नगरपालिका-४ स्थित कालिका मन्दिरमा वृक्षारोपण गरेको हो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महत, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्य सहभागी थिए ।