गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चद्वारा दुई बालबालिकालाई पुरस्कार वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चद्वारा दुई बालबालिकालाई पुरस्कार वितरण

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८०, शनिबार

    दमाैली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँकाे समन्वयमा भानु जयन्तीको अवसरमा असार ३० गते आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भर्चुअल कार्यक्रममार्फत सहभागी तनहुँका दुई विद्यार्थीलाई शनिबार पुरस्कार वितरण गरिएकाे छ ।

    संस्थाले स्वाधीनता पौडेल र विमल शर्मालाई प्रोत्साहन स्वरुप जनही अमेरिकी डलर २५ प्रदान गरेकाे हाे ।

    शनिबार समन्वय समितिका प्रमुख शान्तिरणम वाग्ले र संस्थाका अध्यक्ष आकाश अधिकारीले उनीहरुलाई पुरस्रकार प्रदान गरेका छन् ।

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित संस्थाको नियमित बैठकमा उक्त पुरस्कार वितरण गरिएको हो। सोही अवसरमा मदन पौडेल, दिव्या पौडेल काफ्ले, कृषा नानु, गणेश घिमिरे र वेद वहादुर थापा लाई साधारण सदस्य प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले साहित्यिक गतिविधिहरू सञ्चालनमा यस संस्थाले उल्लेख्य भूमिका निभाएको बताए ।

    संस्थाका अध्यक्ष आकाश अधिकारीले २१० औं भानु जयन्तीको अवसरमा असार २९ गते पराशर आश्रमका वटुकद्वारा अभिनय गरिएको नाटक “बाल व्यास” मानुङकोटमा भएको एक कार्यक्रममा मञ्चन गरिएको समीक्षा गर्दै आगामी दिनमा साहित्य कला र नाट्य क्षेत्रमा विविध कार्यक्रमहरु गर्ने जानकारी गराएका थिए।

    कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष दिवाकर भट्टराई, उपाध्यक्ष शान्ता वास्तोला, सचिव माधवप्रसाद अधिकारी,कल्पना घिमिरे, हरिश्चन्द्र वाग्ले, बन्धुराज अधिकारी,सत्य प्रसाद खनाल, रोहित वाग्ले,दीपक राई लगायत पदाधिकारी, साहित्यिक, सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।