मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै सवारीसाधन सञ्चालनमा ल्याइएको छ । पहिरो खसेका कारण आज बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

    इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट खसेको पहिरो पन्छाएर बाटो खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ ।