दमौली । तनहुँका विभिन्न ठाउँबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । व्यास नगरपालिका-३ र ऑबुखैरेनी गाउँपालिका-४ बाट प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको हो ।
व्यास-३ देउराली नगरबाट गाजा सहित नवीनकुमार थापा पक्राउ परेका छन् । ऋषिङ-३ सोलुङ घर भई देउराली नगर बस्ने ३६ वर्षीय थापाको कोठाबाट पॉच किलो ८ सय ९० ग्राम गाजा बरामद गरिएको छ ।
निज विरुद्ध आइतबार तनहुँ अदालतबाट छ दिनको म्याद थप गरिएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
यस्तै ऑबुखैरेनी-४ डम्पिङ साइडमा पैदल हिँडिरहेका दुई जना लागुऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऑबुखैरेनी-३ बस्ने ३३ वर्षीय सुरेन्द्र चुमान र गोरखा नगरपालिका-३ याङ्कोटका ३० वर्षीय जीवराज सेढाई रहेका छन् ।
प्रहरीले निजहरुको साथबाट १४ थान डाइजेपाम, १४ थान नुफिन र १४ थान फेनरागन बरामद गरेको छ । निजहरु विरुद्ध आठ दिनको म्याद थप गरिएको छ ।