दमौलीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजेन्सी कन्फ्रेन्स
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दमौलीमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एजेन्सी कन्फ्रेन्स

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, सोमबार

    दमौली । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स दमौली शाखाले एजेन्सी कन्फ्रेन्स सम्पन्न गरेको छ । सो अवसरमा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान गरिएको छ।

    शाखा प्रमुख जगदीश काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख सरोज अधिकारीले अन्य कम्पनीको तुलनामा रिलायबल बीमित र अभिकर्ता दुबैका लागि राम्रो र सुविधा दृष्टिले भरपर्दो रहेको बताए ।

    कार्यक्रममा लेखनाथ शाखा प्रमुख विष्णुहरि अधिकारीले बीमाको महत्व र कम्पनीको बारेमा जानकारी गराए ।