राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८०, सोमबार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उनीहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

    भेटमा राष्ट्रपति पौडेलले सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२७) सफलतापूर्वक सम्पन्न गरेकामा इजिप्ट सरकारलाई बधाई दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । –––