दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले तीन सय दश बालबालिकाको आँखा परीक्षण गरेको छ । पछिल्लो केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि गाउँपालिकाले दुई वटा विद्यालयका दुई सय ४० बालबालिकाको आँखा परीक्षण गरेको हो ।
आँबुखैरेनी गाउँपालिका–१ स्थित चन्द्रोदय माध्यमिक विद्यालयका ७० र मित्रता माध्यमिक विद्यालयका दुई सय ४० बालबालिकाको आँखा परीक्षण गरिएको छ ।
भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा दुई विद्यालयका बालबालिकाको आँखा परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
आँखा रोग विशेषज्ञसहितको टोलीले बालबालिकाको आँखा परीक्षण गरिएको उनले बताए । अन्य टोल वा बस्तीमा प्रकोप बढेमा सोही अनुरुप व्यवस्था गरी आँखा परीक्षणको व्यवस्था गरिने चुमानले बताए ।