दमाैली । विद्यालय शिक्षा सम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा एनप्याब्सन र प्याब्सन तनहुँले ज्ञापनपत्र बुझाएको छ । दुवै संस्थाले बिहीबार तनहुँका प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव रामकृष्ण सुवेदीद्वारा हस्ताक्षरित शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको विधेयक सरोकारवालाका सुझावलाई वेवास्ता गरी तयार गरिएको सम्बन्धमा ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त विधेयक संसदमा पेस हुनु अगावै सरोकारका प्रावधानहरुको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालय बन्द गरी थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने जनाइएको छ ।