सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८०, शुक्रबार

    काठमाडौ । जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश दण्डपाणी शर्माको आजको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्मालाई आज सरकारी वकिलको कार्यालयमार्फत अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । सांसद शर्मालाई सीआइबीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो ।

    सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई सात दिन र बाँकी तीन जनालाई पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । शर्मा प्रतिनिधिसभा सदस्य भएकाले थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतको ठहर छ । सीआईबीले पक्राउ परेकाविरुद्ध लिखत कीर्ते कसुरमा अनुसन्धान अगाडि बढाएको छ । —