दमौली । व्यास नगरपालिका-३ मालपोत लाइनमा निर्माण भएको व्यापारिक सटरका लागि ५३ वटा दरभाउपत्र पेश भएको छ । जिल्ला समन्वय समितिले गत साउन १४ गते सटर भाडामा लगाउनका लागि बोलपत्र आव्हान गरेकामा आइतबारसम्म ५३ वटा दरभाउपत्र पेश भएको हो ।
दरभाउपत्र पेशका लागि सोमबारसम्म समय रहेको छ । करिब ७० वटा दरभाउपत्र फारम गएको समन्वय अधिकारी थमनसिं थापाले जानकारी दिए ।
सोमबार दिउँसो १२ बजेभित्र दरभाउपत्र बुझाउन सकिने र सोही दिन १ बजे प्रस्तावदाताको रोहबरमा दरभाउपत्र खोलिनेछ ।