गण्डकी प्रदेशसभामा विषयगत समिति गठन, तनहुँका सांसद कुन समितिमा ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशसभामा विषयगत समिति गठन, तनहुँका सांसद कुन समितिमा ?

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८०, मंगलवार

    दमाैली । गण्डकी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिनापछि मिनी संसद मानिने विषयगत समिति गठन भएका छन् ।

    प्रदेशसभा नियमावलीमा व्यवस्था भए अनुसार गठित चार वटै समितिमा मनोनित सदस्यको नामावलीलाई मङ्गलबार बसेको प्रदेशसभा बैठकले अनुमोदन गरेको हो ।

    प्रदेशसभा सचिवालयका अनुसार तनहुँ १ (१) का अशोककुमार श्रेष्ठ सामाजिक विकास तथा कृषि विकास समितिमा, १ (२) का हरिबहादुर चुमान सार्वजनिक लेखा समितिमा परेका छन् ।

    तनहुँ २ (१) का श्यामराजा महत सामाजिक विकास तथा कृषि समितिमा परेका छन् । तनहुँ २ (२) का प्रदेशसभा सदस्य एवं आर्थिक मामिलामन्त्री जीतप्रकाश आले अर्थ तथा विकास समितिको पदेन सदस्य छन् ।

    सभापतिको टुङ्गो नलाग्दासम्म ज्येष्ठ सदस्यले समितिको बैठकको अध्यक्षता गर्नेछन् । विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधयक दोहोरो बहस र छलफलबिनै सोझै प्रदेशसभा बैठकबाट पारित हुँदै आएका थिए । प्रदेशसभा सदस्य नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् । प्रदेशसभा सदस्यले समिति गठनको प्रक्रियालाई छिटो अगाडि बढाउन माग गर्दै आएका थिए ।–––