ह्वात्तै बढ्यो पेट्रोल र डिजेल/मट्टितेलको मूल्य, कति पुग्यो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ह्वात्तै बढ्यो पेट्रोल र डिजेल/मट्टितेलको मूल्य, कति पुग्यो ?

    खबरपुञ्ज संवाददाता

    २९ श्रावण २०८०, मंगलवार

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल डिजेलको मूल्य ह्वात्तै बढाएको छ । निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेको हो ।

    निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो ।

    यससँगै अब पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १७५.५, दोस्रोमा १७७ र तेस्रो वर्गमा १७८ रुपैयाँ भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १६४.५, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ कायम भएको छ ।

    इण्डियन आयल कार्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर ३.८५ र ११.२५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।