तनहुँको पुल्चोकमा जमिन भासियो, ५ घरमा पूर्ण क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको पुल्चोकमा जमिन भासियो, ५ घरमा पूर्ण क्षति

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाको पुल्चोकमा जमिन भासिएको छ । जमिन भासिएर ५ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष राजु वाग्लले जानकारी दिए ।

    पुल्चोक सेती नदी किनारको बस्ती हो । ‘जमिन ८÷१० मिटर नै फाटेर दबेको छ । दबेको ठाउँमा नदीको पानी बगेको देखिन्छ’, वडाध्यक्ष वाग्लेले भने ।

    वर्षा नभएको बेलामा पनि जमिन भासिएपछि पुल्चोकका झन्डै २ दर्जन घर जोखिममा परेका छन् । बस्ती भासिएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले जानकारी दिए ।

    बस्ती भासिएपछि सेती नदी वारपार गर्ने झोलुङ्गे पुल बन्द गरिएको छ । मोटरेबल पुलसमेत जोखिममा पर्न सक्ने आँकलन रहेको वडाध्यक्ष वाग्लले बताए । ‘चट्टान रहेछ भने त पुललाई असर नगर्ला । अहिले भासिएको ठाउँमा जस्तै माटो रहेछ भने त पुल पनि जोखिममा पर्ने देखियो’, उनको भनाइ छ ।