गण्डकीका थोरै ठाउँमा हल्का वर्षा : मधेस प्रदेशसहित पहाडी क्षेत्रमा बदली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीका थोरै ठाउँमा हल्का वर्षा : मधेस प्रदेशसहित पहाडी क्षेत्रमा बदली

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०८०, शनिबार

    काठमाडौ । गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अहिले हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आशिंक बदली भएको छ । अहिले काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाण्डौ उपत्यकामा दिउँसोपछि पानी पर्ने सम्भावना छ । आज दिउँसो देशभरको मौसम बदली रहने अनुमान छ । पहाडी केही ठाउँ र बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान छ ।

    त्यस्तै, पर्सि सोमवार देशका विभिन्न भागमा आज र भोलिको तुलनामा अलि धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।