दमौली । शुक्लागण्डकी नगरपालिका-९ स्थित ढोरवाराही मन्दिरमा बहाली पूजामा यो वर्ष ६९ हजार बचत भएको छ । गत वर्षको बहाली पूजामा एक लाख चार हजार पॉच सय ६० खर्च भएकामा यो पटक भने ३४ हजार नौ सय ४५ मात्रै खर्च भएको हो ।
सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानको ध्यानाकर्षण पश्चात यो वर्षको बहाली पूजामा मितव्ययिता अपनाइएको हो ।
साउन महिनाभर बन्द रहेको मन्दिरमा शुक्रबार बहाली पूजा गरिएको थियो । शुक्रबारदेखि नै भक्तजनका लागि मन्दिर खुल्ला गरिएको छ।